प्रधानमन्त्री कार्की र संघीय संसदका दुवै सदनका प्रमुखबीच भेटवार्ता


काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री सुशीला कार्की र संघीय संसदका दुवै सदनका प्रमुखबीच बालुवाटारमा भेटवार्ता भएको छ। भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ।

भेटवार्तामा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसद्का महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे पनि सहभागी थिए ।