काठमाडौं, १८ कार्तिक । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा पार्टीको १५औं महाधिवेशनको लागि बेग्लाबेग्लै मिति प्रस्ताव भएका छन् । महामन्त्री गगनकुमार थापाले पुसको दोस्रो हप्ताको लागि महाधिवेशनको कार्यतालिका पेश गरेका छन् ।
त्यसको काउन्टरमा संस्थापन पक्षले भने ०८३ को बैशाखको अन्तिमको लागि प्रस्ताव गरेको छ । संस्थापनको तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले अर्को कार्यतालिका पेश गरेका हुन् । यादवले पेश गरेको कार्यतालिकामा आगामी ०८३ को बैशाख ‘२७–३०’ गतेको लागि भनिएको छ । थापाले भने यही ०८२ को पुष १६ गतेदेखि पुष १९ गते गर्नेगरि कार्यतालिका पेश गरेका हुन् ।




प्रतिक्रिया