काठमाडौं, १९ कात्तिक । प्रत्येक वर्ष कार्तिक पूर्णिमाका दिन पर्ने गुरु नानक जयन्ती आज देशभरका शिख धर्मावलम्बीहरूले श्रद्धा र उत्साहका साथ मनाउँदै छन्। गुरु नानक प्रकासोत्सवका नामले पनि चिनिने यस दिन शिख धर्मका प्रथम गुरु श्री गुरु नानकदेवजी को जन्मदिन हो।
श्री गुरु नानकदेवजीले विश्वलाई सर्व धर्मको सन्देश दिएका छन्। उनले एक क्रान्तिकारी दूरदर्शी, महान् दार्शनिक, विचारक र समाज सुधारक दिए। ‘संसारमा धेरै धर्म अनि धार्मिक मार्गहरू छन्। सबै धर्म र मार्ग धर्मका प्रवक्ताले सिकाउने ज्ञान र दिने दिव्योपदेश एउटै छ, माया, सद्भाव, सत्यता अनि अहिंसाको मार्ग।’
गुरु नानक जयन्तीको प्रारम्भ शिखहरूको पवित्र स्थल गुरुद्वारा मा प्रभात फेरि बाट गरिन्छ। यस अवसरमा गरिने विशेष कार्यहरू यसप्रकार छन्। गुरु पर्वको दुई दिनअगाडि देखिनै पवित्र ग्रन्थ गुरु ग्रन्थ साहिब को ४८ घण्टासम्म निरन्तर अध्ययन गरेर गुरु पर्वको दिन विधिपूर्वक समापन गरिन्छ, जसलाई ‘अखण्ड पाठ’ भनिन्छ।
भारतको पञ्जाब, हरियाणा, चन्दिगढ लगायत विश्वभरका शिख समुदायहरूले आजको दिनलाई हर्षका साथ मनाउने गरेका छन्। आज ५ सय ५७ औ गुरु नानक जयन्ती हो।




प्रतिक्रिया