काठमाडौं, १९ कात्तिक । विशेष अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको छ । गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको छानविनको माग गर्दै विशेष अदालतले जाहेरी दिएको हो ।
तोडफोडमा संलग्नलाई खोजी गरी कारबाही गर्न र क्षति बराबरको बिगो भराउन जाहेरीमा माग गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा यसअघि सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले पनि जाहेरी दिइसकेका छन् । किटानी जाहेरी भने कसैविरुद्ध पनि नपरेको प्रहरीले बताएको छ ।




प्रतिक्रिया