काठमाडौं, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिले एमालेमाथि चौतर्फी रूपमा घेराबन्दी गरिएको बताएका छन् ।
उनले एमालेको जनसमर्थन र सङ्गठनात्मक शक्ति देखेर विभिन्न पक्षले राजनीतिक रूपमा घेराबन्दी गर्ने प्रयास गरिरहेको बताए । एमाले महानगर कमिटी विराटनगरले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सो घेराबन्दीबाटमाथि उठेर पार्टीलाई अझ सुदृढ बनाउन सबै कार्यकर्ताले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा एमालेका नेता रामलाल शाह, ऋषिकेश पोखरेल, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत, महानगर अध्यक्ष बलराम गिरीलगायतले आफ्ना धारणा राखेका थिए ।




प्रतिक्रिया