काठमाडौं, कार्तिक २१ । राष्ट्रियसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । केहीबेर अगाडि सिंहदरबारमा सुरु भएको बैठकमा राष्ट्रियसभा सम्पादन गर्नुपर्ने कामहरू अधिवेशनगत समीक्षा, पुस्तक प्रकाशन तथा समितिको कामकारबाहीबारे छलफल भइरहेको जनाइएको छ ।
त्यस्तै, बैठकमा विधेयकको वर्तमान अवस्थाबारे पनि छलफल भइरहेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा पनि सहभागी छन् ।




प्रतिक्रिया