पूर्व प्रधानन्यायाधीश संविधान मिचेर प्रधानमन्त्री हुनु असंवैधानिक र प्रगिगामी


काठमाडौं, २१ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की संविधान मिचेर प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई असंवैधानिक र प्रतिगामीको संज्ञा दिएका छन् ।

एमाले शिक्षा तथा मानवस्रोत विभागद्वारा आज (शुक्रबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पूर्व प्रधानन्यायाधीश भएको मानिस आफैंले संविधान मिचेर प्रधानमन्त्री हुन तयार, यो भनेको सोझै असंवैधानिक, प्रगिगामी संविधान मिचुवा, हाहुको भरमा बनेको सरकार हो ।’

प्रधानन्यायाधीश भइसकेको मान्छे मानव अधिकार आयोग बाहेक कुनै पनि ठाउँमा नियुक्त हुन नपाउने उनको तर्क छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले २÷३ हजार केटाकेटीले डिस्कर्डमा जम्मा भएर भोटिङ गरेर कार्कीलाई प्रधानमन्त्री बनाएको टिप्पणी गरे । उनले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई हावाको भरमा बनेको हाहु सरकारको संज्ञा दिए ।

अध्यक्ष ओलीले भदौ २४ गतेको आगजनी र तोडफोडको बलबाट बनेको सरकार कुनै संविधानअनुसार नबनेको बताए । यो सरकारको लोकतन्त्र, संविधान, जनताको प्रतिनिधित्वसँगवैरभाव रहेको ओलीको आरोप छ ।