कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक


काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरिएको छ । आज (शनिबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक आह्वान गरिएको हो ।

कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई बैठकमा उपस्थित हुन भनिएको छ ।