यी हुन् जेन-जी आन्दोलनका ४५ जना सहिदहरु


काठमाडौं, २२ कात्तिक । भदौ २४ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गरिएको छ । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै जेन–जी आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको हो ।

सहिद घोषणा भएका मध्ये ४२ जना प्रदर्शनकारी रहेका छन् भने ३ जना प्रहरी रहेका छन् । जेन–जी आन्दोलनको क्रममा ७६ जनाभन्दा बढीको मृत्यु भएको थियो । ती मध्ये ४५ जनालाई भने सहिद घोषणा गरिएको हो ।