काठमाडौं, २३ कार्तिक । नेपाली कांग्रेसमा १५औं महाधिवेशन चुनावअघि नै गर्ने कि चुनावपछि भनेर विवाद चुलिएको छ । संस्थापन पक्षले चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडान लिएको बेलामा यही पक्षधर केन्द्रीय सदस्यहरुले भने आज छुट्टै भेला गरी चुनावअघि नै नियमित महाधिवेशन गर्नुपर्ने भनेका छन् ।
सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टीको बैठकमा नै नियमित महाधिवेशन चुनावअघि नै गर्नुपर्ने मत राखेका थिए । उनले चुनावमा जाँदा गगन थापालाई प्रधानमन्त्रीको उम्मेद्वार तोकेर जानुपर्ने मत राखेका थिए । आज मन्सुरकै पहलमा संस्थापन पक्षधर २० भन्दा बढि केन्द्रीय सदस्यहरुले छुट्टै भेला राखेर नियमित महाधिवेशन चुनावअघि गर्नुपर्ने निश्कर्ष निकालेका हुन् ।
यसरी छलफलमा जुटेका केन्द्रीय सदस्यहरुमा सहमहामन्त्री मन्सुरसहित बहादुरसिंह लामा, दिलमान पाख्रिन, मोहन आचार्य, डा. विनोद चौधरी, पुष्पा भुसाल, डा डिला सङ्ग्रौला, देवेन्द्र राज कँडेल, अमृत अर्याल, अब्दुल सतार, तारामान गुरुङ, धना खतिवडा, अनिल रुङटा, कर्ण ब बुढा, अर्जुन शी, मैकुलाल वाल्मीकि, अब्दुल रज्जाक, आङगेलु शेर्पा, माया राई, जिप छिरिङ लामा, मदनकृष्ण श्रेष्ठ, प्रदीप सुनुवार, भरत कुमार शाह र मदन अमात्यलगायत सहभागी थिए ।




प्रतिक्रिया