मधेश प्रदेशमा तीन मन्त्री नियुक्त, जिम्मेवारी तोक्न बाँकी


काठमाडौं, कार्तिक २४ । मधेश प्रदेशमा तीन जना मन्त्री नियुक्त भएका छन् । नेकपा (एमाले)बाट लखन दास, समाजवादी पार्टीबाट विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चन विच्छा मन्त्री नियुक्त भएका हुन् ।

आज बिहान नियुक्त भएका उनीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् । प्रदेश प्रमुखले शपथ गराएपनि हाललाई मन्त्रालयको जिम्मेवारी तोकिएको छैन् । एमाले केन्द्रीय सदस्य एवम् संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख भण्डारीले बिहानै नै मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

प्रदेश प्रमुख भण्डारीले यादवलाई बर्दिबास र सिन्धुलीको सिमानास्थित पानस होटलमा नियुक्तिपत्र प्रदान गरेकी थिइन् ।