कम्युनिस्टहरू निरर्थक शब्दजालमा अल्झिएको बाबुरामको टिप्पणी, भने-‘अर्को पुस्ताको जीवन पनि गलफत्तीमा जाने भो’


काठमाडौं, कार्तिक २४ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा‍. बाबुराम भट्टराईले दश वाम दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको नामप्रति व्यंग्य गरेका छन्।

आफ्नो युवा उमेरमा मोटो ‘श’वाला मशाल राम्रो कि पातलो ‘स’वाला मसाल राम्रो भन्ने विवाद भएको स्मरण गर्दै भट्टराईले अकारवाला ‘नेपाल कम्युनिस्ट पार्टी’ राम्रो कि ‘ई’कारवाला ‘नेपाल कम्युनिस्ट पार्टी’ राम्रो भन्ने गलतफत्ती हुन सक्ने टिप्पणी गरेका हुन्।

‘हाम्रो युवा उमेर मोटो ‘श’ (मशाल) कि पातलो ‘स’ (मसाल) राम्रो भन्ने अन्तहीन विवादमा गुज्रेको थियो। गुरूहरू अझै नेतृत्वमै हुनुहुन्छ सोमबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अब अर्को पुस्ताको जीवन ‘अ’ कार (नेपा ‘ल’ कम्युनिष्ट पार्टी) राम्रो कि ‘ई’ कार (नेपा ‘ली’ कम्युनिष्ट पार्टी) राम्रो ? भन्ने गलफत्तीमा जाने भो!

उनले अगाडि लेखेका छन्, ‘लाखौँ बेरोजगार सर्वहारारश्रमिक विदेशिने र श्रम(निर्यात तथा वस्तु(आयातको परनिर्भरताको दुष्चक्रचाहिँ तोडिनेभन्दा कस्सिने क्रम यथावत् छ। तिनले यो बहसलाई ‘बेुकार नभनून्।’

‘अतः यस्तो निरर्थक शब्दजालमा अल्झनु /अल्झाउनु सट्टा मार्क्सले प्रतिपादन गरेको द्वन्दात्मक भौतिकवादी चिन्तनपद्धति र पछिल्लो ज्ञानविज्ञानमा उभिएर अहिलेको चौथो औद्योगिक क्रान्ति ( डिजिटल क्रान्ति, जेनेटिक क्रान्ति, नानो-प्रविधि, ए आइ आदि) -ले सिर्जना गरेको विश्वपरिस्थिति, नेपालको भर्खरै पहिलो औद्योगिक क्रान्तिको चरणमा प्रवेशको अवस्था, गत सय बर्षका समाजवाद निर्माणका सफलता र असफलता, भर्खरै देशमा भएको चमत्कारिक जेन-जी विद्रोह लगायतको गहन विश्लेषण गर्ने र देश-काल सापेक्ष नयाँ विचार, नीति, कार्यक्रम, संगठन,नेतृत्वको विकल्प तयार गर्नुपर्ने हैन र ?

कणहरूको जो मर्जी!’