फागुन २१ गते चुनाव भएन भने स्वतः संसद् पुनर्स्थापित हुन्छः देव गुरुङ


काठमाडौं, २५ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका नेता देवप्रसाद गुरुङले आगामी फागुन २१ गते प्रतिनिधिसभाको चुनाव नभएको खण्डमा संसद् स्वतः पुनर्स्थापित हुने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संविधानलाई ट्रयाकमा ल्याउनका लागि निर्धारित मितिमै चुनाव गर्ने र चुनाव हुन सकेन भने संसद् पुनर्स्थापित गराउने बाहेक अर्को विकल्प नरहेको बताएका हुन् ।

‘फागुन २१ गतेसम्मको लागि संसद् विघटन गरिएको छ । फागुन २१ गते चुनाव भए भने त संसद् स्वतः पुनर्स्थापित हुन्छ । त्यस कारणले गर्दाखेरी संविधानलाई ट्रयाकमा लिएर आउनलाई कि त चुनाव गरेर नयाँ संसद् ल्याउनुपर्यो । या त पुरानै संसद्ले निरन्तरता पाउनुपर्यो,’– उनले भने ।

अहिले संविधान कोमामा रहेको पनि उनले बताए । चुनाव वा संसद् पुनर्स्थापनाले मात्रै संविधान ट्रयाकमा आउने उनले बताए । नेता गुरुङले आफ्नो दल नेपाली कम्युनिष्ट पार्टी चुनावमा सहभागी हुनका लागि तयार रहेको बताए । अहिले कोमामा पुगेको संविधानलाई ट्रयाकमा ल्याउनका लागि सदन अनिवार्य रहेको उनले बताए । आफूहरु फागुन २१ गतेको चुनावको प्रतिपक्षमा रहेको उनले बताए । आफूहरुको जोडबल निष्पक्ष र शान्तिपूर्ण निर्वाचनतर्फ नै रहेको उनले बताए । सरकारको गतिविधि र क्रियाकलाप हेर्दाखेरी सरकार निर्वाचन गराउनेतर्फ नलागेको भान भइरहेको उनले बताए ।

वर्तमान सरकार दलहरुको विरुद्धमा लागेको र कृष्णबहादुर महराले फोन गरेकै आधारमा पक्राउ गरेर प्रतिशोध लिइएको उनले बताए । प्रतिशोध बढ्दै गएको खण्डमा चुनाव नहुने परिस्थिति निर्माण हुने उनले बताए । त्यसो नहोस् भन्ने कुरामा आफूहरुले सबैसँग आग्रह गरिराखेको नेता गुरुङले बताए । दललाई नै निम्त्याउने प्रक्रियामा जाँदाखेरी द्वन्द्वको अवस्था सिर्जना हुने उनले बताए ।