काठमाडौं, २५ कात्तिक । गाउँ सुधार तथा कृषक हकहित संरक्षण मञ्च रुपन्देहीले कृषकहरुले समयमा मल, विऊ, विजन र सिचाइँको सुविधा नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मञ्चका अध्यक्ष दुर्गा प्रसाद खनालले सरकारले कृषि क्षेत्रलाई उपेक्षा गरेको बताए ।
त्यस्तै, विचौलियाहरुले नेपालको गुणस्तरीय खाद्य वस्तु बाहिर पठाउने र बाहिरको गुणस्तरहीन वस्तु नेपालमा भित्र्याउने गरेको पनि उनले बताए । उनले नेपालको हरेक उत्पादनलाई सरकारले मूल्य कायम गर्नुपर्ने, ,कृषि औजारमा रहेको अधोषित एकाधीकारको अन्त्य गरिनुपर्ने, किसानलाई सरकारले उत्साहित बनाउनुपर्ने उनले बताए ।




प्रतिक्रिया