अभियुक्त छुटाउन गएका राप्रपा नेता खनाल आफैं पक्राउ परे


काठमाडौं, २५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य अर्जुन खनाल पक्राउ परेका छन् । जेन–जी आन्दोलनको क्रममा नेताहरुको घरमा तोडफोड र आगजनी गर्न माइकिङ गर्दै हिँडेको र विभिन्न व्यक्तिहरुको घर जलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका अभिमन्यू पाण्डेलाई पक्राउ गरेको थियो ।

अभियुक्त पाण्डेलाई छुटाउन जिल्ला प्रहरी कार्यालय कास्की पुगेका राप्रपा केन्द्रीय सदस्य खनाल आफैं पक्राउ परेका छन् । व्यवसायी बिन्दु थापाको जाहेरीले राप्रपा नेता खनाललाई पक्राउ गरिएको हो ।