माओवादी नेता अन्सारीलाई वाईसीएलले दियो चेतावनी, सार्वजनिक रुपमा माफी माग्नुपर्ने


काठमाडौं, २५ कात्तिक । नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले मधेश प्रदेशसभाका सदस्य रहबर अन्सारीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएको छ । तत्कालीन माओवादीका सांसद रहेका अन्सारीले वाईसीएलबारे टिकाटिप्पणी गरेका थिए ।

अन्सारीलाई जवाफ फर्काउँदै वाईसीएल अध्यक्ष पुष्प ओलीले भनेका छन्, ‘रहबर जी, वाईसीएल नेपालले जनसेवा गरेको, श्रम तथा उत्पादन अभियान चलाएको अनि अहोरात्र नेतृत्वको सुरक्षामा खटिएको देख्नु भएनछ । आफू आलिसान महलमा बसेर, सुकिलो–मुकिलो भएर हाम्रो संगठनमा आवद्ध लाखौं कार्यकर्ताहरुको भावनामाथि मिडियामै गएर झुट बोल्ने छुट कसले दियो तपाईंलाई ? बेलैमा सार्वजनिक रूपमा माफी मागि आफुलाई सच्याउनुहोला ।’