काठमाडौं, कार्तिक २६ । नेकपा (एमाले) का पूर्वउपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ । गत आइतबार पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेतृत्वको अभियान नवगठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निश्चित भएको थियो ।
आज दिउसो साढे १ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत उनी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् ।
कार्यक्रमलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाल, मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले सम्बोधन गर्नेछन् । नेपाली कम्युनिष्ट पार्टीमा रावललाई नारायणकाजी श्रेष्ठ, बामदेव गौतम सरहकै वरियता दिने गरि सहमति भएको बताइएको छ ।




प्रतिक्रिया