भदौ २४ गते नेताहरुको भागाभाग, निर्वाचनपछि पुराना पार्टीको पालो : माजिद अन्सारी


काठमाडौं, कार्तिक २७ । जेन-जी पुस्ताका आन्दोलनकारी युवा माजिद अन्सारीले आगामी फागुन २१ गतेको निर्वाचनपछि पुराना राजनीतिक दलको भागाभाग हुने बताएका छन् । गत भदौ २३ र २४ गते जेन-जी पुस्ताले गरेको आन्दोलनपछि पुराना राजनीतिक दलका नेताको भागाभाग भएको बताउँदै अब फागुन २१ को निर्वाचनबाट जनताले पुराना पार्टीको अस्तित्व नै मेट्ने दाबी गरे ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले, ‘भने हाम्रो पुस्ताले भदौ २३ गते गरेको आन्दोलनबाट राज्यमा मै हु भन्नेहरुलाई सत्ताको कुर्चीबाट भएका छौ । अहिले विभिन्न राजनीतिक दलमा रहेका जेन-जी युवाहरुलाई पुराना राजनीतिक नेतृत्वलाई पार्टीबाट हटाउन आग्रह गरेका छौ । राजनीतिक दलमा रहेका जेन-जीले पुराना नेतालाई नभगाए फागुन २१ गते जनताले लखेट्नेछन् ।’

उनले सारा नेपाली जनताले जेन-जी पुस्तालाई साथ दिएकाले जेन-जी समूहले संसदमा बहुमत पुग्नेसमेत दाबी गरे । नेकपा (एमाले) भित्रका जेन-जी युवालाई केन्द्रित गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्न समेत आग्रह गरेको उनको भनाई छ ।