काठमाडौं, २८ कात्तिक । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जेन–जीहरुको माग प्रतिनिधिसभा पुनर्स्थापना गरेरमात्रै सम्बोधन गर्न सकिने बताएका छन् । आज (शुक्रबार) झापाको विर्तामोडस्थित निवासमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले संसद् पुनर्स्थापना गरेर अहिलेका समस्याहरु सम्बोधन गर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । जेनजीहरुको माग सम्बोधन गर्ने बाटो पनि यहि रहेको उनको दाबी छ ।
असंवैधानिक तरिकाबाट प्रतिनिधिसभा विघटन गरिएको बताउँदै उनले सर्वोच्च अदालतले पनि यो मुद्दालाई छिट्टै छलफलमा अगाडि बढाउनुपर्ने धारणा राखे । उनले मुद्दा छिट्टै टुङ्गिनेमा आफू विश्वस्त रहेको पनि बताए । कानुनी, व्यवहारिक र आवश्यकताको हिसाबले हेर्दा संसद् पुनर्स्थापना भएरै छाड्ने उनले बताए ।
‘संसद् पुनर्स्थापना गरेर अहिलेका समस्याहरु सम्बोधन गर्ने गरी संविधान संशोधन गरेर जान सकिन्छ । जेनजीहरुको माग सम्बोधन गर्ने बाटो पनि यहि हो,’– सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभामुख घिमिरेले भने ।




प्रतिक्रिया