सुमनापछि सन्तोषले पनि छाडे रास्वपा


काठमाडौं, २८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । विघटित प्रतिनिधिसभामा रास्वपाको प्रमुख सचेतक रहेका परियारले राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको बताइएको छ ।

यसअघि पूर्व शिक्षामन्त्रीसमेत रहेकी सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी थिईन् । पछिल्लो समय रास्वपामा असन्तुष्टि चुलिँदै गएको छ । केन्द्रीयस्तरका नेताहरु पार्टीबाट बाहिरिने क्रम जारी रहेको छ । नेता परियारले कार्यवाहक सभापति डिपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाएका छन् ।

रास्वपा परित्याग गरेको परियारको राजनीतिक पृष्ठभूमि कम्युनिष्ट हो । उनी अब घनश्याम भुसाल, जनार्दन शर्मा, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतले सुरु गर्न लागेको अभियानमा जोडिने आँकलन गरिएको छ ।