कोटेश्वरमा बसले किचेर सोही बसका सहचालकको ज्यान गयो


काठमाडौं, मंसिर ८ । काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।

कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुडिरहेको बसबाट खस्दा सोही बसले किचेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।