काठमाडौं, मंसिर ८ । जीवन बहादुर शाहीको अध्यक्षतामा कर्णाली समाज युकेको नयाँ कार्यसमिति चयन गरिएको छ । एकता, सहयोग, खस सभ्यता, संस्कृतिको संरक्षण र मातृभुमीको सेवाको लक्ष्यसहित युकेमा छरिएर रहेका कर्णालीबासीलाई एकतामा बाध्न र दुःख सुखमा साथ दिन स्थापना भएको कर्णाली समाज युकेको नयाँ कार्यसमितिमा जनक बहादुर फडेरा, वरिष्ठ उपाध्यक्ष, सरस्वती रेग्मी उपाध्यक्ष, यामराज बुढा महा सचिव, अर्जुन शाही सचिव, शविता अधिकारी सह सचिव, तृप्ती भट्टराई कोषाध्यक्ष र अमिन शाहीलाई सह कोषाध्यक्षमा चुनिएका छन् ।
त्यस्तैगरी पृथ्वी रावत, उपेन्द्र शाही, टीना रावत, सानु थापा मगर, मिलन शाही र बिपना ढकाल सदस्यमा चयन भएका छन् ।





प्रतिक्रिया