काठमाडौं, १२ मंसिर । उज्यालो नेपाल पार्टीले ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री कुलमान घिसिङकाे उपस्थितिमा पार्टी घोषणा सभा आयोजना गरेको छ । आगामी मंसिर १७ गते पार्टी घोषणा सभा आयोजना गरिएको हो । आज (शुक्रबार) पत्रकार सम्मेलनमार्फत मंसिर १७ गते दिउँसो १ बजेप्रज्ञा भवनमामा पार्टी घोषणा सभा आयोजना गरिएको जानकारी गराइएको हो ।
उज्यालो नेपाल पार्टीले सो अवसरमा दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गर्ने, पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने बताइएको छ ।
उज्यालो सपनालाई साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभव रहेको बताउँदै उज्यालो नेपाल पार्टीले आफूहरुलाई आम नेपाली जनताले विश्वास र भरोसा गरेको उल्लेख गरेको छ । उज्यालो नेपाल पार्टीसँग कुरा गरेर नभइ कामबाट प्रमाणित नेतृत्व रहेको पनि विज्ञप्तिमा उल्लेख छ । file photo




प्रतिक्रिया