काठमाडौं । नेपाली काङ्ग्रेस सम्वद्ध युवा , विद्यार्थी, महिलाहरुले नियमित महाधिवेशनको पक्षमा आयोजना गरेको भेला सम्पन्न भएको छ । काठमाडौंको तिनकुनेमा आयोजित भेलालाई सम्बोधन गर्दै नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विशेष महाधिवेशनको नाममा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले जेन–जी युवाहरु क्रियाशील सदस्यतामार्फत काङ्ग्रेस प्रवेश गर्ने बाटो रोक्न खोजेको आरोप लगाए ।
ध्यक्ष गुरुङले महामन्त्रीद्वयले विशेष महाधिवेशनको कुरा बाहिर उठाएर पार्टी कब्जा गर्न खोजेको उनले बताए । फरक प्रसङ्गमा अध्यक्ष गुरुङले नेता गुरु घिमिरेप्रति लक्षित गर्दै सुदूरपश्चिम र कर्णालीको जनता एवं कार्यकर्तालाई राउटे भनी गरिएको सम्बोधन निच एवं तल्लोस्तरको रहेको बताए ।
सरकारले फागुन २१ गतेका लागि चुनाव घोषणा गरी पार्टीले चुनावमा सहभागी हुन दल दर्ता गरिसकेको अवस्थामा अब नियमित अधिवेशनको विकल्प नरहेको रसम्पुर्ण तह चुनाव केद्रित हुनुपर्ने अध्यक्ष गुरुङले बताए । अध्यक्ष गुरुङले पार्टी केन्द्रीय सदस्यहरुलाई नियमित अधिवेशनको एजेन्डामा अघि बढ्न सुझाउँदै उक्त कुरामा सम्पूर्ण युवा विद्यार्थी,महिलाहरुको साथ रहने बताए ।
कांग्रेस केन्द्रीय सदस्यहरु मोहन बस्नेत, लक्ष्मी खतिवडा, कल्याणी रिजाल, विद्या तिमिल्सिना, कुन्दन काफ्ले, कल्याण गुरुङ, बाग्लुङ पार्टी सभापति जीत शेरचन, गन्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठ, बागमती प्रदेश कोषाध्यक्ष भद्रा भण्डारी, बागमती प्रदेश पूर्व मन्त्री मसिना खड्का भण्डारी, सिन्धुपाल्चोक जिल्ला उपसभापति दोर्जे लामा, पूर्व तरुण दल अध्यक्ष विनोद कायस्थ, पूर्व तरुण दल उपाध्यक्ष उत्तम चापागाई, किसान महासंघ अध्यक्ष गणेश चन्द्र तिमिल्सिना, महिला संघ अध्यक्ष उषा मिश्र, तरुण महिला विद्यार्थी केन्द्रीय सदस्यलगायतको उपस्थिती थियो ।
कार्यक्रममा नेविसंघको नेता आदर्श मल्ल, गीता गुरुङ, नेविसंघ पूर्व उपाध्यक्ष पुष्प शाही, तरुण दल केन्द्रीय सदस्य दिल लामा, किसान महासंघ अध्यक्ष गणेश तिमिल्सिना, महिला संघ केन्द्रीय सदस्य निनु कर्णलगायतले नियमित अधिवेशनको पक्षमा सम्बोधन गरेका थिए ।
कार्यक्रम नेपाल तरुण दल केन्द्रीय सदस्य तीर्थ गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमलाई विद्यार्थी नेता मनिष जङ्ग थापाले संयोजन एवं सहजीकरण गरेका थिए ।




प्रतिक्रिया