काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) की सचिव पद्मा अर्यालले पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नरहेको बताएकी छन् । आज (शनिबार) ११औं महाधिवेशन प्रचार समितिको बैठकलाई सम्बोधन गर्दै उनले अध्यक्षमा अहिले ओलीको विकल्प नरहेको बताएकी हुन् । उनले एमालेको महाधिवेशनले देश र पार्टीलाई नयाँ कार्यदिशा दिने दाबी गरिन् ।
अहिलेको विषम परिस्थितीबाट पार्टीलाई जोगाउन फेरि पनि अध्यक्षमा ओलीको विकल्प नरहेको उनको भनाइ छ । पार्टीको ११औं महाधिवेशनबाट पनि ओली नै अध्यक्ष बनेर आउनु अहिलेको आवश्यकता रहेको बताउँदै उनले भनिन्, ‘यो अहिलेको आवश्यकता हो । एमालेमा केपी ओलीको विकल्प केपी ओली नै हो, अर्को कोही छैन ।’
पार्टीको ११औं महाधिवेशनले अध्यक्षमा अोलीलाई नै अनुमोदन गर्ने उनको दाबी छ । नेतृ अर्यालले पार्टी संरचना, संगठन र कार्यकर्ताहरूलाई अझ उन्नत एकता र आन्तरिक समन्वयमा जोड दिन आग्रह गरिन् ।




प्रतिक्रिया