बालेनलाई पितृशोक


काठमाडौं, १५ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पितृशोक परेको छ । मेयर शाहका बाबु रामनारायण शाहको आज (सोमबार) निधन भएको हो ।

उनलाई हिजो (आइतबार) बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको छ । भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा रामनारायणको आज निधन भएको हो ।