काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक सुरु भएको हो ।
१५औं महाधिवेशनको विवादको कारण यसअघि बैठक पटक पटक आह्वान भएर स्थगन् भएको थियो । संस्थापन पक्षले पुस मसान्तभित्रै महाधिवेशन गर्नेगरि कार्यतालिका ल्याउने प्रतिबद्धता जनाएपछि बैठक आज सुरु भएको हो ।
२ बजेको लागि बोलाईएको बैठक एक घण्टा ढिलोगरि सुरु भएको हो ।




प्रतिक्रिया