काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले आगामी पुस २६ गतेदेखि २८ सम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ । यो निर्णय सर्वसम्मत् रुपमा गरिएको हो । आज (सोमबार) दिउँसो ३ बजे बसेको बैठकले पार्टीको १५औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत् रुपमा पारित गरेको हो ।
आजको बैठकले वर्तमान सभापति शेरबहादुर देउवाको कार्यसमितिको समयावधि दुई महिना थप गरेको छ । अब देउवा नेतृत्वको वर्तमान कार्यसमितिको म्याद आगामी माघको मसान्तसम्म कायम हुनेछ ।




प्रतिक्रिया