काठमाडौं, १५ मंसिर । नेकपा (एमाले) डोटीको संस्थापन समूह र इतर समूहले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको समानान्तर सूची सार्वजनिक गरेको छ । जिल्ला अध्यक्ष मञ्चु मलासी र सचिव पदराम भट्टले अलग–अगल प्रतिनिधिको सूची सार्वजनिक गरेका हुन् । अध्यक्ष मलासी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्व गरेको इत्तर समूहमा उभिएका छन् ।
त्यसैगरी सचिव भट्ट भने पार्टी अध्यक्ष केपी शर्मा अोलीनिकट मानिन्छन् । अध्यक्ष मलासीको सूचीमा प्रदेश सांसद चक्रबहादुर मल्ल सहित दुर्गादत्त ओझा, डम्बर डौडी, लक्ष्मण मलासी र हस्तबहादुर बुढा खुलातर्फ प्रतिनिधि छन् । महिलातर्फ अध्यक्ष मलासी र लक्ष्मीदेवी मल्ल, दलिततर्फ सिता बिक र धनबहादुर नेपाली र ४० वर्ष मुनिका युवातर्फ बमबहादुर बम चयन भएका छन् ।
ओलीनिकट मानिने जिल्ला सचिव भट्टले सार्वजनिक गरेको समानान्तर सूचीमा सच्चिदानन्द जोशी, दीर्घराज बोगटी, शेरबहादुर मल्ल र पदमराज भट्ट खुलातर्फ रहेका छन् । त्यसैगरी महिलातर्फ रुपा कठायत र लक्ष्मी मल्ल, दलित तफरु शान्ती चुनारा, धनबहादुर नेपाली र युवातर्फ खेमबहादुर घर्ती चयन भएका छन् ।




प्रतिक्रिया