ओली कुटीको निर्माण सुरु, यस्तो बन्नेछ घर


काठमाडौं, १८ मंसिर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको लागि घर निर्माणको काम थालिएको छ । भक्तपुरको बालकोटमा रहेको ओली निवास भदौ २३ र भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा आगजनी भएको थियो । एमाले नेता महेश बस्नेतले ओलीको लागि गुण्डुमा नै कुटी बनाउने घोषणा गरेका थिए ।

आज ओली कुटीको निर्माणको काम औपचारिक रुपमा सुरु गरिएको पनि बस्नेतले जानकारी दिए । उनले भने,‘ओली कुटी निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ। आज राधिका आमाद्वारा शिलान्यास सम्पन्न भयो। अब निर्माण कार्य तीव्र गतिमा अघि बढ्नेछ ।’

Screenshot