काठमाडौं, २१ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथलगतै मुख्यमन्त्री यादवले नेपाली कांग्रेस, जनमत पार्टी र नेपाली कम्युनिष्ट पार्टीबाट एक/एक जना मन्त्री बनाएका हुन् । नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री बनेका कनिष पटेल तत्कालीन नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
कांग्रेसबाट जंगीलाल राय र जनमत पार्टीबाट महेश यादवलाई मन्त्री बनाइएको छ । जनमत पार्टीका यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने पटेल र राय विना विभागीय मन्त्री बनेका छन् ।
आज (आइतबार) सात दलबाट एक/एक जना मन्त्री नियुक्तिको तयारी रहेकोमा आन्तरिक विवादका कारण मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद्मात्रै विस्तार गरिएको हो ।




प्रतिक्रिया