पार्टीको १५औं महाधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धा गर्ने डा.भण्डारीको घोषणा


काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका वौद्धिक नेता डा.चन्दकान्त भण्डारीले पार्टीको १५औं महाधिवेशनमा सभापति पदको लागि प्रतिस्पर्धा गर्ने बताएका छन् । उनले प्रजातन्त्रको हित र संगठनको आवश्यकताअनुसार आफू अगाडि बढ्न तयार रहेको बताएका छन् । साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्ने पनि उनले बताएका छन् ।

‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ । दृष्टिकोण पनि उति नै निर्धारित । तर देश जनता ,प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु,’– नेता डा.भण्डारीले भनेका छन् ।