एमाले सचिवालय बैठक बस्दै, प्रमुख एजेन्डा: विधान संशोधन प्रस्ताव


काठमाडौं, मंसिर २६ । आज नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ । दिउँसो १ बजे च्यासलस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा महाधिवेशन प्रतिनिधि मनोनयन, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल हुने जनाइएको छ ।

आजको बैठकमा केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको सङ्ख्या बढाउने प्रस्ताव पेस गर्ने तयारी रहेको छ। एमालेको ११औँ महाधिवेशन भोली मंसिर २७ देखि भक्तपुरको सल्लाघारीमा उद्‌घाटन हुँदैछ।