महाधिवेशनको अघिल्लो दिन सक्रिय राजनीतिबाट बिदा भए एमाले नेता राना


काठमाडौं, मंसिर २६ । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । एमालेकाे ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धा भइरहेकाे समयमा उनले शुक्रबार बिहानै सामाजिक सञ्जालमार्फत जिम्मेवारीबाट मुक्त भएको घोषणा गरेका हुन् । पारिवारिक कारणले राजनीतिबाट बिदा लिएको फेसबुक मार्फत जानकारी गराएका छन् । उनले आगामी महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने र राजनीतिबाट बिदा हुनेसमेत बताएका छन् ।

राना २०३५ र २०३६ सालदेखि कम्युनिस्ट पार्टीको शुभचिन्तक हुँदै तत्कालीन नेकपा मालेको सम्पर्कमा आएका थिए । त्यसपछि युथ कम्युनिस्ट लिगमा संगठित भएर काम गर्न थालेका थिए । राना २०७० सालमा छोटो समयका लागि भूमि सुधार तथा व्यवस्था मन्त्रीसमेत थालेका थिए ।