काठमाडौँ, २६ मङ्सिर । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा.कुमारसिंह इङ्नामले सिंहदरबास्थित मन्त्रालयमा पद वहाली गरेका छन् । उनलाई मन्त्रालयका सचिव मदन भुजेललगायत उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए ।
पदवहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै मन्त्री इङ्नामले बाँझो जमिनको अधिकतम उपयोग गर्नुपर्ने बताए । ‘नेपालको जमिन उर्बर छन्, भूउपयोग कमजोर छ । कृषिमा धेरै नेपाली आश्रित छन्, किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँ,’– उनले भने ।




प्रतिक्रिया