बन्दसत्र रोकेर ओलीले बोलाए केन्द्रीय कमिटी बैठक


काठमाडौं, मंसिर २८ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बस्दै छ। ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुन अगाडि केन्द्रीय कमिटीको अन्तिम बैठक बस्न लागेको हो ।

काठमाडौंको भृकुटीमण्डपमा बिहान ९ बजे केन्द्रीय कमिटीको बैठक बस्ने छ। त्यसपश्चात अपराह्न १२ः१५ मा बन्दसत्र सुरु हुनेछ। बन्दसत्र अगाडि ओलीले केन्द्रीय कमिटी बैठकमा ४ पदाधिकारी र केन्द्रीय कमिटी सदस्य थप्ने प्रस्ताव लैजाने तयारी गरेका छन । एक केन्द्रीय सदस्यका अनुसार अध्यक्ष ओलीले केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाउनका लागि बन्दसत्र रोकेर केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।