देशमा पश्चिमी वायुको आंशिक प्रभाव


काठमाडौं, पुस १ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यस्तै, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ ।