भोटिङ मेसिनमा विवरण राख्न समय लाग्ने, फेरियो मतदान समय


काठमाडौं, पुस १ । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय सारिएको छ। यसअघि दिउँसो १ बजेदेखि भृकुटीमण्डपमा सुरु हुने भनिएको मतदानको समय दिउँसो ४ बजेको लागि सारिएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरुको फोटोसहितको विवरण राख्न समय लाग्ने भएका कारण समय सारिएको हो।

एक जनाले सबैलाई भोट हाल्न कम्तिमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन सकिएको एक दुई घण्टा भित्र परिणाम सार्वजनिक हुने छ। मतदानस्थलमा ८० वटा विद्युतीय भोटिङ मेसिन राखिएको छ । महाधिवेशनमा कुल दुई हजार २६३ प्रतिनिधि सहभागी छन् ।