निर्णायक घडीमा पोखरेलको सन्देश : ‘हामी जुट्यौँ, हामी जित्छौँ’


काठमाडौं, पुस १ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनको अन्तिम घडीमा पार्टीका महासचिवका उम्मेदवार शङ्कर पोखरेलले पार्टीभित्रको एकता, दृढता र साझा जिम्मेवारीलाई जोड दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् व्यक्त गरिएको स्टाटसमा पोखरेलले पार्टीभित्रको एकता, दृढता र साझा जिम्मेवारीलाई जोड दिँदै एमालेको सामूहिक शक्ति र ऐक्यबद्धतामाथि विश्वास व्यक्त गरेका छन्। पोखरेलले एमालेका सबै नेता कार्यकर्ताहरू एकताबद्ध भएर अघि बढेमा चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टी, आन्दोलन र राष्ट्रको हित सुरक्षित गर्न सकिने स्पष्ट पारेका छन् ।
उनले लेखेका छन्, पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार ! हामी सबै जुट्नेछौ,हामी सबै जित्नेछौ ।’