काठमाडौं, पुस १ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति पौडेलको सचिवालयले थापाले राजीनामा दिएको पुष्टि गरेको छ । थापा वि.सं. २०७८ सालमा भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
वि.सं. २०७९ को निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेस धनकुटाबाट उम्मेदवार बनेका थापा एमाले उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए । उनले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बन्न राजीनामा दिएको चर्चा रहेको छ । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भई कांग्रेस राजनीतिमा होमिएका थिए ।




प्रतिक्रिया