काठमाडौं, १ पुस । नेकपा (एमाले) का ११औं राष्ट्रिय महाधिवेशन जारी रहेको छ । गत मंसिर २७ गतेबाट सुरु भएको एमालेको राष्ट्रिय महाधिवेशनका आज पदाधिकारी चयनका लागि निर्वाचन हुँदै छ । पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धाको तयारी गरेका छन् । ओलीले तेस्रो पटक अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् ।
ओली प्यानलबाट उपाध्यक्ष ५ जनमा गुरु प्रसाद बराल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’, र विष्णुप्रसाद पौडेल रहेका छन् । ओलीले महासचिवमा शंकर पोखरेललाई उम्मेदवार बनाएका छन् ।
ओली प्यानलबाट उपमहासचिव ३ जनामा रघुवीर महासेठ, विष्णु रिमाल र लेखराज भट्ट रहेका छन् । त्यसैगरी सचिव ९ जनामा खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल, महेश बस्नेत, यमलाल कँडेल, राजन भट्टराई, शेरधन राई र हिक्मत कुमार कार्की ओली प्यानलबाट उम्मेदवार बनेका छन् ।




प्रतिक्रिया