काठमाडौं, २ पुस । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान कार्य जारी रहेको छ । कूल ८० वटा मेसिन प्रयोग गरेर भइरहेको मतदानमा ६ घण्टाको अवधिमा जम्मा ६ सय ५० जना महाधिवेशन प्रतिनिधिहरुले मतदान गरेको बताइएको छ । गत मंसिर २७ गतेबाट सुरु भएको एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत मतदान आज विहान ९ बजेबाट सुरु भएको थियो ।
महाधिवेशनमा कूल २ हजार २ सय ६३ जना प्रतिनिधि रहेका छन् । एक जना मतदातालाई मत हाल्न करिब ३० मिनेटको समय लाग्ने आँकलन गरिएको छ । मतदान कार्य निरन्तर अगाडि बढिरहेको छ । मतदान सकिँदा रातिको १० बज्न सक्ने आँकलन गरिएको छ ।
एमालेको राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल समूहले प्यानल नै बनाएर प्रतिस्पर्धामा होमिएका छन् । उनीहरुबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । File Photo/RN




प्रतिक्रिया