काठमाडौं, २ पुस । गत भदौ २३ र २४ गतेको घटना छानविन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बसेको जाँचबुझ आयोगले एक महिना म्याद थपका लागि सरकारसँग आग्रह गरेको छ । समयमै टीओआरमा तोकिएको काम सम्पन्न हुने देखिएपछि म्याद थप गर्न लागिएको हो ।
आज (बुधबार) आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर म्याद थपबारे आग्रह गरेका हुन् । गत असोज ५ मा गठन भएको उक्त आयोगका म्याद तीन महिना तोकिएकोमा समय सकिनै लाग्दा पनि हालसम्म बयानलगायतका काम सकिएकै छैन ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँगसमेत आयोगले बयान लिने तयारी गरेको छ । आयोगले ओली र लेखकसँग आगामी साता बयान लिने स्रोतले बतायो । आयोगका अध्यक्ष कार्कीले आयोगलाई काम गर्न केही समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको बताए ।




प्रतिक्रिया