काठमाडौं, ४ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा उडेका छन् । उनी रिहाइ प्रक्रियाका लागि आज पत्नी निकिता पौडेलसहित रुपन्देहीतर्फ प्रस्थान गरेका हुन् । उनलाई नख्खु कारागार प्रशासनले काठमाडौं विमानस्थल पुर्याएको हो ।
हिजोमात्रै लामिछानेलाई बिगोबराबरको रकम सुनिश्चित् गर्दै थुनामुक्त गर्न आदेश दिएको हो । अब रिहाई हुनको लागि लामिछानेले जिल्ला अदालत रुपन्देहीमा पुगेर उनले छुटपुर्जी कागजात लिनेछन् ।




प्रतिक्रिया