सुनचाँदीकाे मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?


काठमाडौं, पुस ८ । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ५ हजार ५ सय रुपैयाँले बढेर २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन सोमबार तोलाको ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ४ हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २९ हजार ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ६४८ रुपैयाँमा कारोबार भईरहेको छ ।