काठमाडौं, पुस ११। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि जारी रहनेछ। बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बुधबारदेखि जारी यस बैठकमा पार्टीको आगामी महाधिवेशन र साङ्गठनिक विषयमा घनीभूत छलफल भइरहेको उनले बताए।
यसअघि हिजोको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्रीहरू, कोषाध्यक्ष र केन्द्रीय सदस्यहरू गरी १५ जना नेताहरूले आफ्नो धारणा राखेका छन।
बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले क्रियाशील सदस्यताको बाँकी काम आगामी १६ दिनभित्र सक्नुपर्नेमा जोड दिएका थिए । उनले सदस्यताको टुङ्गो लागेपछि सिधै वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्दै केन्द्रीय महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेका छन। आजको बैठकमा बाँकी सदस्यहरूले धारणा राख्ने जनाइएको छ ।




प्रतिक्रिया