काठमाडौं, १२ पुस । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ । आज (शनिबार) शीतलनिवास पुगेर खनालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
राष्ट्रपति पौडेल र पूर्व प्रधानमन्त्री खनालबीच भएको भेटवार्तामा आगामी निर्वाचनका लागि आवश्यक पूर्वाधार, शान्तिसुरक्षा व्यवस्था र तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको बताइएको छ ।
भेटवार्ताको क्रममा राष्ट्रपति पौडेलले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनुको विकल्प नरहेकोमा जोड दिएका छन् । राष्ट्रपति पौडेलले सो क्रमममा पूर्व प्रधानमन्त्री खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे पनि चासो राखेका थिए ।




प्रतिक्रिया