काठमाडौं, पुस १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । आसन्न निर्वाचनको तयारी, समानुपातिक उमेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल गर्न अहिले बिहान ८ बजे बैठक बस्न लागेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।




प्रतिक्रिया