जाँचबुझ आयोगमा रमेश लेखकले बुझाएको लिखित जवाफमा के छ ?


काठमाडौं, १४ पुष । नेपाली कांग्रेसका नेता ताथ पूर्वगृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगलाई बयान दिएर बाहिरिएका छन् । जेनजी आन्दोलन भएको बेलामा उनी गृहमन्त्रीको जिम्मेवारीमा थिए । आयोगले सुरुदेखि नै लेखकलाई बयानको लागि बोलाउने भनिएपनि अन्तिम समयमा मात्रै उनलाई बयानको लागि बोलाएको हो ।

सो क्रममा उनले जाँचबुझ आयोगका अध्यक्षलाई सम्बोधन गरेर लिखित जवाफसमेत पेश गरेका छन् । ६ पृष्ठ लामो जवाफमा उनले भदौ २३ र २४ गतेको घटनालाई अकल्पनीय भनेका छन् । उनले आफूले जेनजी आन्दोलन हुने कुरा गृह प्रशासनबाट नै थाहा पाएको उल्लेख गरेका छन् । उनले आज झण्डै तीन घण्टा लामो बयान दिएका छन् । उनले आज आयोगसमक्ष बयान दिएको विषयमा केन्द्रित रहेर पत्रकार सम्मेलनको आयोजना समेत गरेका छन् ।

यस्तो छ उनको लिखित जवाफ :