काठमाडौं, १४ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीले २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनको लागि समानुपातिकतर्फको बन्दसूचीलाई अन्तिम रुप दिन बैठक राखेको छ । सभापति रवि लामिछानेको उपस्थितिमा अहिले रास्वपाको मुख्यालय घण्टीघरमा केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
रास्वपाको आन्तरिक प्रतिष्पर्धाबाट तथा प्राथमिक निर्वाचनबाट आएको सूचीलाई अन्तिम रुप दिने भएको हो । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची आजै बुझाउनुपर्नेछ ।




प्रतिक्रिया